नयाँ गीत ‘आर्थिक मन्दी’ लिएर आएका टंक डुम्रेसँग सांगीतिक कुराकानी
स्याङजामा जन्मिएका गायक तथा सर्जक टंक डुम्रे पछिल्लो समय चर्चामा छन् । उनले समसामयीक विषयबस्तुमा आफ्ना सृजनालाई पस्किने भएकै कारण उनी चर्चामा छन् । टंक ड्रम्रे र यज्ञ सापकोटा मिलेर बजारमा ल्याएका गीत चर्चामा आइनै रहेका छन् । डुम्रे र सापकोटाको ‘चर्को लाग्यो घाम’ गीतले टिकटकमा रेर्कड नै कायम गरेको छ । यस्तो पछिल्लो समय नेपाललगायत विश्वले खेप्नु परेको समस्याको उठान गर्दै टंक डुम्रेले नयाँ गीत ‘आर्थिक मन्दी’ सार्वजनिक गरेका छन् । यसै सन्दर्भमा परिवेस अनुसारका सृजना पस्किदै आएका गायक तथा सर्जक टंक डुम्रेसँग दर्पण दैनिकका चन्द्रकुमार विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय के मा वयस्त हुनुहुन्छ ?
भर्खरै मात्रै एउटा नयाँ गीत ‘आर्थिक मन्दी’ लिएर आएको छु । सोही गीतको प्रचार प्रसारमा लागिरहेको छु ।
नयाँ ल्याउनुभएको तीज विशेष गीत हो ?
अब अहिले सार्बजनिक गर्दा मैले तीजलाई पनि समेटेर र अहिलेको एकदमै समय सान्दर्भिक गीत भनेर ल्याएका छौं । सबै जनाको समस्यालाई व्यक्त गर्ने खालको गीत बजारमा ल्याएका छौं । यसमा धेरै कलाकार हरु जोडिनु भएको छ ।
यहाँका एक पछि अर्को गर्दै निरन्तर गीत बजारमा आहिरहेका छ्न्, अन्य गीत जस्तै यस गीतले पनि सफलता पाउला ?
अब तपाईंलाई पनि थाहा छ । मेरा सिर्जना आज भोलि समय सान्दर्भिक हुने गरेका छ्न् । मैले यतातिर ध्यान दिन थालेको छु । केही समय अघीमात्रै सार्वजनिक भएको गीत ‘चर्को लाग्यो घाम’ पनि अत्यधिक दर्शक श्रोताले मन पराइदिनु भएको थियो । अहिलेको सामाजिक सन्जालको मापन गर्दा पनि सफल गीत मान्छु, किनभने त्यो समय गर्मी अत्याधिक बढेको थियो र सबै जानाले खोलामा वा पौडी पोखरीमा पौडी खेल्दै टिकट्क बनाउदै नाच्दै गरेको सबैले देख्नु भएको नै छ । त्यस्तै, नयाँ गीत ‘आर्थिक मन्दी’ पनि अहिले नेपालमा देखिएको ठुलै समस्या हो । यसमै केन्द्रीत गरेर यो गीत ल्याएका छौं ।
गीतमा
फुर्सद छैन काम नि छैन ब्यापार नि भाछैन्
क्यारि भाडा तिर्ने हो खै त्यो पनि थाहा छैन्
नत मिठो खान जान्नि, नत राम्रो लाउनी
खर्च गर्न पर्यो भने तिम्लाई ज्वरो आउनी
बालेन दाईले काठमाडौको मुहार फेर्दै गाथे
एर्पोट बाट सुन भित्रिदा कर्मचारी काँथे
राजनितिका कुरा छोड टिकटक बनाम बरु ।।
यो पाराले घर चलेन ब्यापार फेरम अरु जस्ता शब्द को प्रयोग गरेका छौं । राजनीतिमा लागेर दुई नम्बरी धन्दा गर्नलाई सहयोग पुर्याउने सम्मलाई व्यंगदेखि सुझावसमेत समेट्ने कोसिस गरेको हुँदा यो गीत पनि चल्छ । दर्शक श्रोताले विस्तारै यसलाई पनि मन पराउनु हुन्छ भन्नेमा ढुक छु ।
यश गीतमा कुन कुन कलाकारलाई देख्न र सुन्न पाइनछ ?
गीतमा गायक पशुपति शर्मा, मिना कार्की, यज्ञ सापकोटा, टंक डुम्रे, मनिषा खत्रीलगायत कलाकारहरुलाई देख्न र सुन्न सकिन्छ ।
नयाँ गीतको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
एकदमै सकारात्मक छ, जतिले हेर्नु भएको छ एकमदै राम्रो प्रतिक्रिया दिनुभएको छ । खुशी लाग्छ टिकटक बनाएर पठाउनु हुन्छ टिकटककै कुरा गर्दा दुई लाख भन्दा बढी ले हेरि सक्नुभएको छ । समग्रमा भन्नुपर्दा राम्रो प्रतिक्रिया आएको छ ।
मेला महोत्सवमा कतिको ब्यस्त हुनुहुन्छ ?
मेला महोत्सवहरु फाट्टफुट्ट गरिरहेको छु । मेला महोत्सवमा कि चाकडी चाप्लुसी गर्नेले, कि अत्यन्तै चर्चित भएकोले वा कि राजनीति लविङ गर्न जान्नेले अवसर पाउने रहेछ । दर्शक श्रोताले रुचाएका तर राजनीति आस्था नमिल्दा हामीजस्ता कलाकार मारमा परेका छौं । मैले पनि कति महोत्सवहरुमा दिने प्रस्तुती यस्ता विविध कारणले स्थगित गर्नु परेको दुखद अनुभव छ । कला र गलाको कदर हुनुपर्ने ठाँउमा राजनीति तथा नातावाद, कृपावाद हावी हुँदा म जस्ता कलाकारले त्यती धेरै मैला महोत्सव पाउने कुरा त भएन तै पनि अलि अलि पाइरहेकै छु ।
अन्त्य के भन्नुहुन्छ ?
हाम्रो नयाँ गीत आर्थिक मन्दीलाई एक पटक हेरिदिनु होला र शेयर पनि गरिदिनुहोला । हाम्रो गीत अकलादेवी युटुब च्यानलबाट साङ्गितिक बजारमा आएको छ । मलाई यो मौका दिनुभएकोमा यहालाई र दर्पण दैनिक परिवारलाई धन्यवाद ।