विगत केही समयदेखि सामाजिक कार्यमा योगदान पुर्याउँदै आएको नेवा: एकता तथा नागरिक समाजका अध्यक्ष राजु व्यन्जनकारसँग दर्पण दैनिकले गरेकाे कुराकानी संक्षेपः
नेवा एकता तथा नागरिक समाजको स्थापना कहिले भयो ?
नेवा: एकता तथा नागरिक समाजको स्थापना विक्रम संवत २०७५ साल तिहारकाे म्हपुजा अर्थात् लक्ष्मी पुजाको भाेलिपल्ट गरेका हौं ।
यसका मुख्य उद्देश्यहरु केके हुन् ?
नेवारी समुदायको पहिचान, सम्पदा, संस्कृत, सकारात्मक परम्पराको जगेर्ना गर्नु र राजा सहितकाे सनातन हिन्दुराज्य स्थापनाका लागि पहल गर्नु नै यो संस्थाको मूलभुत उद्देश्य रहेको छ ।
नेवा एकता तथा नागरिक समाजले हालसम्म के कस्ता कार्यहरु गर्दै आइरहेको छ ?
हामीले जेष्ठ नागरिक सम्मान कार्यक्रम, एमसीसी देशका लागि घातक छ भनेर बिराेध स्वरूप बाईक र्याली, कोरोनाले देशमा आक्रन्त पारेका बेला राहतकाे ब्यवस्था, हालसम्म आठौं पटक रक्तदान कार्यक्रम आयाेजना र मन्दिर परिसर सरसफाइ कार्यक्रममा सहभागी लगायतका सामाजिक कार्यहरू गर्दै आएका छौं ।
आगामी दिनमा नेवा एकता तथा नागरिक समाजले कस्ता कस्ता कार्य गर्ने योजना बनाएको छ नि ?
आगामी दिनमा पनि विशेषत: सामाजिक कार्यमा निरन्तरता दिनेनै हाे र देशमा सत्ता र शासन परिवर्तन भयाे भने मुलुककाे जिम्मेवारी लिएर अगाडी बढ्ने लक्ष्य छ ।
स्थानीय सरकारले सहयोग गरेको छ कि छैन ? छ भने स्थानीय सरकारले केकस्ता सहयोग गरेको छ ?
स्थानीय सरकारसँग अहिलेसम्म केही सहयाेग लिएकाे पनि छैन । स्थानीय सरकारले कुनै प्रकारको सहयोग दिएको पनि छैन । स्थानीय सरकारसँग कुनै सहयोगको अपेक्षा गरेकाे पनि छैन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google