विगत केहि समय यता नेपाली उत्पादनलाई प्रोमोट गर्नुपर्छ भनेर लागिपरेका योगेन्द्रजङ्ग बस्नेत एक सफल व्यापारी मात्र होईनन् उनी कुशल फोटोग्राफर पनि हुन् । फोटोग्राफी गर्ने शिलशिलामा नै उनले विश्वको ९० भन्दा बढि देशको भ्रमण पनि गरिसकेका छन् । हाल उनी नेपालमै टिम्बर क्राफ्ट नामक कम्पनीमा आवद्ध छन् । विशेष गरी टिम्बर क्राफ्टले घर बनाउंदा आवश्यक पर्ने ढोका उत्पादन, विक्रि तथा वितिरण गर्ने गर्दछ । यो नेपाली ढोका उत्पादक कम्पनी हो । प्रस्तुत छ उनै टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजङ्ग बस्नेतसंग दर्पण दैनिकका केशर विश्वकर्माले गरेको कुराकानीको सारसंक्षेपः
टिम्बर क्राफ्ट के हो र यसले के गर्छ ?
टिम्बर क्राफ्ट प्रालि एउटा पूर्ण व्यवसाय कम्पनी हो । यो नेपाल सरकारका आधिकारिक निकायहरुमा दर्ता गरेर घर निर्माणमा आवश्यक पर्ने ढोका लगायत घरमा चाहिने अन्य सामानहरु उत्पादन, विक्रि तथा वितरण गर्न खोलिएको फर्म हो ।
टिम्बर क्राफ्टले उत्पादन गर्ने ढोकाहरु के बाट बनाइन्छ ?
यी ढोकाहरु विशुद्ध काठबाट बनाईएका हुन्छन् । यसको बाहिरको डिजाइन पनि काठबाट नै बनाइएको हुन्छ । त्यस्तै यसलाई नयाँ डिजाईन दिनको लागि एचडीएफ प्रविधि प्रयोग गरिएको छ । एचडीएफ प्रविधि भनेको काठलाई धुलो बनाएर घाम, पानी, धलो आदिले नबिग्रिने गरि बनाउनु हो । आधुनिक तरिकाले बनाइने भएकोले यी ढोकाहरु वातावरण मैत्री छन् ।
यी ढोकाहरुको विशेषताहरु के के छन् ?
पहिलो विशेषता भनेकोे थारै काठले राम्रा र बलियो ढोका बनाउन सकिन्छ । यसले जङ्गल विनाश हुनबाट जोगाउंछ । मानौं अन्य तरिकाले ढोका बनाउंदा २ वटा रुखले एउटा घर बनाउन मात्र पुग्छ भने यहांबाट उत्पादन गरिने ढोकाहरुमा एउटै रुखले १० वटा घर बनाउन पुग्ने सस्तो, राम्रो र बलियो ढोका निर्माण गरिन्छ । यसको बाहिरको डिजाइन मेसोनाईट भन्ने अमेरिकन कम्पनीले बनाएको छ । त्यसलाई हामी उहीबाट लिएर आउंछौ र नेपालका कुनै पनि काठहरु ट्रिटमेन्ट गरेर किराले नखाने, धुलिया नलाग्ने, बाङ्गो टिङ्गो नहुने गरी आधुनिक तरिकाले वातावरणलाई असर नहुने तवरबाट बनाउदछौं । त्यसैले यी ढोकाहरु हल्का, घरको तौललाई कम गर्ने, स्ट्यान्र्डड, अमेरिकन फम्र्याट अनुसार बनाइएकोले उपयुक्त छन् ।
यसका उत्पादन फ्याक्ट्री तथा डिलर कहाँ कहाँ छन् ?
यो खास सानो उद्योग भएकाले नवलपरासीमा फ्याक्ट्री छ । त्यहिबाट नेपालका प्राय ठाउंमा पुर्याउने कोशिश गरिरहेका छौं । अहिले उपत्यकाका ३ वटै जिल्ला तथा नेपालभर हाम्रा ढोकाहरु उपलब्ध छन् ।
ग्राहक सन्तुष्टि कस्तो छ ?
यी ढोकाहरु अत्याधुनिक प्रविधिबाट बनेका छन् । नेपालमा मात्र नभएर साउथ एसियामा नै यस्ता खालका ढोकाहरुको माग बढिरहेको छ । किनकि जंगलबाट काठहरु ल्याउन असहज हुने, बनाउन समय लाग्ने, ज्याला बढि लाग्ने यी विविध कारणले अन्य उत्पादन भन्दा यो उत्पादन राम्रो छ । त्यस्तै मुल्यको हिसाबले पनि अन्य उत्पादन भन्दा टिम्बर क्राफ्टका उत्पादनमा ४ गुणाले सस्तो पर्छ । यो कम्पनी नै ढोका बनाउने सबैभन्दा पहिलो कम्पनी भएकोले १० वर्ष सम्म यसका उत्पादनमा केहि डिफेक्ट भएमा ढोका रिप्लेस पनि गरिदिने भएकोले ग्राहकहरु अत्यन्तै सन्तुष्ट छन् ।
बाहिरबाट ढोका आयात गर्नेलाई टिम्बर क्राफ्टले के गर्न सक्छ ?
अहिले नेपालमा ठुलाठुला प्रोजेक्टहरु, हाउजिङहरु, अपार्टमेन्टहरु छन् । पहिला बनेका हाउजिङहरु पनि रनिङमा छन् । उनीहरुलाई ढोकाको ठुलो समस्या छ । उनीहरु पहिलादेखि नै बाहिरबाट ढोका आयात् गरिरहेका छन् । अब टिम्बर क्राफ्टले राम्रा, बलियो, सस्तो र आर्कषक ढोका उत्पादन गरेर उनीहरुलाई एकमुष्ट लगानी गरी नेपाली पैसा बाहिर पठाउनु पर्ने समस्याबाट मुक्त गराएको छ । विदेशबाट ढोका खरिद गर्दा एकैपटक धेरै ल्याउनु पर्ने र त्यसका लागि लगानी ठुलो हुने साथै ढोका स्टक पनि रहन सक्छ ।
आफुलाई चाहिने भन्दा बढि पनि खरिद गर्नुपर्ने हुन्छ । अब टिम्बर क्राफ्टमा सिधै सम्पर्क गरेर उनिहरुलाई चाहिएको ढोका मात्र खरिद गर्न सक्ने अवस्था भएको छ । मानौं ग्राहकहरुलाई १ सय वटा मात्र ढोका चाहिएको छ भने त्यति नै खरिद गर्न मिल्छ । त्यसकारण यस कम्पनीले सस्तो, सुलभ र चाहिएको अनुपातमा नै ढोका उपलब्ध गराएको छ । यसले ग्राहकवर्ग देखि राष्ट्रिय स्तरसम्म व्यापार आयात् निर्यातमा सहयोग पुगेको छ ।
एउटा सफल फोटोग्राफर टिम्बर क्राफ्टमा लाग्ने धारणा कसरी बन्यो ?
यसमा आउनुभन्दा पहिला म नेपालम नै फोटो पत्रकार गर्थे । त्यतिबेला मेरा केहि साथीहरु यस कम्पनीमा थिए । म यस क्षेत्रमा आउनमा उनीहरुको ठुलो देन छ । त्यसपछि साथीहरुले मलाई पनि टिम्बरमा आउन आग्रह गरे अनि म यसमा आवद्ध भएँ । ८ वर्ष अमेरिका पनि बसें । अमेरिका बस्ने शिलशिलमा अमेरिकन कम्पनी कार्नेवलमा काम गर्थे । त्यहाँ काम गर्दा नै विश्वका ९० भन्दा बढि देश घुम्ने मौका मिल्यो । धेरै फोटोग्राफरहरुसगं चिन्ने अवसर पाएँ ।
अन्त्यमा,
हामी घर बनाउदैं छौं र ढोका किन्न गयौं भने एकदमै दरो, भित्तोभन्दा पनि बलियो, ढुङगाभन्दा पनि साह्रो खोज्छौं तर ढोका भनेको के हो भन्दा एउटा कोठाबाट अर्को कोठालाई छुट्याउने पार्टेशनका लागि मात्र हो । यो घरको प्राईवेसी मेन्टेन होस भनेर राखिने पार्टेशन हो । त्यसकारण यस्ता विविध कुरालाई ध्यानमा राखी हामी अत्याधुनिक प्रविधिबाट बनेको तथा सबैलाई मान्य हुने ढोका उत्पादन गर्ने भएकोले यसको माग र बजार पनि अत्याधिक छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google