टेलिकमकाे एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण

दर्पण दैनिक ४ कार्तिक २०८३,०७:५३
post

काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ । सस्तो दरमा उच्च गतिको इन्टरनेट सेवा लिन चाहने ग्राहकको सङ्ख्या बढेपछि नयाँ लाइन जडानका लागि आवश्यक जानकारी दिने टेलिकमको १९८ नम्बरमा चाप बढेको हो । टेलिकमको सो नम्बरमा सेवाग्राहीको चाप बढेसँगै अनलाइन बाट पनि इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।

यसबाट एनटी फाइबरको नयाँ लाइन जडान गर्न चाहने ग्राहकलाई आवश्यक जानकारी लिन तथा सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ । नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध गराउनेबारे जानकारी लिन सक्नेछन् । 


त्यसैगरी, टेलिकमले एनटी फाइबर जडानका लागि आवश्यक विवरण अनलाइनमार्फत उपलब्ध गराउन सकिने व्यवस्था पनि गरेको छ । https://complain.ntc.net.np/ लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिन्छ । ग्राहकले टेलिकमको अनलाइन गुनासो तथा सेवा अनुरोध प्रणाली मा लगइन गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।


नेपाल टेलिकमले हालै एनटी फाइबरअन्तर्गत रु पाँच हजारभन्दा कम अर्थात् रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको प्याकेज उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका अतिरिक्त ग्राहकको आवश्यकता र प्रयोगअनुसार विभिन्न अन्य प्याकेजसमेत उपलब्ध छन् । तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहकका लागि यस्ता प्याकेजमा आकर्षण देखिएको छ ।


पछिल्लो समय इन्टरनेट सेवाको मूल्य, उपलब्ध गति र सेवाको गुणस्तरलाई लिएर ग्राहकले विभिन्न सेवा प्रदायकका प्याकेजको तुलना गर्न थालेका छन् । यस्तो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएका सस्तो दरका प्याकेजप्रति ग्राहकको आकर्षण बढेको देखिएको छ । अन्य इन्टरनेट सेवा प्रदायकका प्याकेजको तुलनामा कम शुल्कमा सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका हुन ।--

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२
post

नाडा अटो शो २०२६ सुरु

९ भाद्र २०८३,१२:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: