खुल्यो ‘इन्भेष्टमेन्ट गुरु’, शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने

दर्पण दैनिक ८ असार २०८२,१७:४३
post

काठमाडौं । नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

काठमाडौंमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् । 

संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।

इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ। यसका लागि संस्थाको कार्यालयमा सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ जहाँ एकसाथ भौतिक र अनलाइन कक्षा सञ्चालन गर्न सकिने सुविधा छ ।
शेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ ।

संस्थापक झा स्वयं विगत पाँच वर्षदेखि शेयर सम्बन्धी प्रशिक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन्। उनले बताएअनुसार ‘इन्भेष्टमेन्ट गुरु’मार्फत आधारभूतदेखि एड्भान्स स्तरसम्मको शेयर शिक्षा प्रदान गरिनेछ । निकट भविष्यमा शेयर शिक्षा देशका विभिन्न भागहरूमा विस्तार गर्ने योजना पनि संस्थाले लिएको छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: