२०औं हस्तकला ब्यापार मेला हुँदै, यी हुन मेलाका आकर्षणहरु

दर्पण दैनिक १ कार्तिक २०८०,१६:४०
post

काठमाडौं ।  २०औं हस्तकला ब्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता हुने भएको छ । यहीं मंसिर ७ देखि ११ गतसम्म होटेल डेल अन्नमपूर्ण दरबारमार्ग काठमाडौंमा २०औ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गरिने भएको हो ।


प्रेस विज्ञप्ति


१. पृष्ठभूमि

उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने आदि प्रमुख उद्देश्यबाट नेपाल हस्तकला महासंघले आफ्नो वार्षिक कार्यक्रमको रुपमा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनिे नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, National Business Initiative, महिला उद्यमी महासंघ, InElam Helvetas, Tourist Bus Association of Nepal आदि लगायतको सहयोगमा यही २०८० मंसिर ७ देखि ११ गते तदनुसार सन् २०२३ नोभेम्बर २३ देखि २७ सम्म होटेल डेल अन्नमपूर्ण, दरबारमार्ग, काठमाडौंमा २०औ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गरिने भएको छ । 

मेलाको उद्घाटन सम्माननीय राष्ट्रपतिज्यू वा सम्माननीय प्रधानमन्त्रीज्यूबाट सुसम्पन्न गराउने कार्यक्रम रहेको छ । मेला अवलोकनका लागि नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, उच्च पदस्थ अधिकृतज्यूहरु, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिका नियोगका महामहिमज्यूहरु लगायत राष्ट्रिय जीवनको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नु हुने विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिने छ । मेला संचालनमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको विभिन्न छाता संगठनहरु र अन्य व्यापारिक क्षेत्रका संघ संस्था र कम्पनीहरुको पनि सहयोग रहने छ । 


मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने छन् । मेलामा रहने स्टलहरु मध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, चीन, पाकिस्तान, बंगलादेश आदि देशका व्यापारीहरुको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ । मेलामो विभिन्न स्टलमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा राखिने छन्। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति ९ल्त्क्ष्क्० कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निशुल्क स्टल प्रदान गरिने छ ।

उक्त मेलाको प्रमुख आर्कषणको रुपमा रहेको १८औं संस्करणको हस्तकला प्रतियोगिता(जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी)  अन्तर्गत (क) परम्परागत विधा तर्फ “पौभा” र ख) समसामयिक विधा तर्फ “छ्वाली कला” मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी ९ीष्खभ म्झयलकतचबतष्यल० गरी १८औ हस्तकला प्रतियोगिता संचालन गरिने कार्यक्रम रहेको छ । सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने छ । साथै यस प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार प्रथमः रु.५०,०००।०० (रु.पचास हजार), द्वितीयः रु.३०,०००।० (रु.तीस हजार) र तृतीयः २०,०००।०० (रु.बीस हजार) तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरिने छ । साथै मेलाको अवसरमा आर्थिक वर्ष २०७९÷८०को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ । यसै गरि महासंघका एक उत्कृष्ट उद्यमी र एक उत्कृष्ट कलाकारलाई पनि मेलाको अवसरमा सम्मान प्रदान गरिने छ ।
 
यसै सन्दर्भमा मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठकलाकारलाई सम्मान गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सगुन दिई चाँदीको फ्रेम सहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार ब्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट 'कला प्रदर्शनी २०८०' आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरु प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरु एवं आगन्तुक महानुभावहरु बीचमा परिचित गराउने उद्देश्य लिएको छ भने सो  प्रदर्शनीमा राख्ने कलाकृतिहरुको प्रचार प्रसार गर्न कलाकारहरुको विवरण सहितको पुस्तिका पनि सो समितिबाट प्रकाशन गरिने कार्यक्रम रहेको छ ।


२. मेलाको उद्देश्यहरु:

नेपाली हस्तकला वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्ने ।

नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यबसायिक सम्बन्ध बिकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारिकरणमा सहयोग पुर्याउने । 


नवोदित उद्यमी ब्यबसायीलाई बजार पहँुचको अवसर प्रदान गर्ने ।


हस्तकला र नेपाली संस्कृति बीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने ।


विदेशी क्रेताहरुलाई हस्तकला वस्तुहरु एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने ।


आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनिकरण गर्न सहयोग पुर्याउने ।


नेपालमा एउटै मितिमा (अबभिलमबच भखभलत)को रुपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश विदेशी क्रेता र स्वदेशी खरिदकर्ताहरुमा प्रवाह गर्ने । 

३.मेलाका आकर्षणहरु: 

एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री 

१८औं हस्तकला प्रतियोगिता 

उत्कृष्ट स्टल प्रतियोगिता 

मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन 

परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी 

अर्मूत साँस्कृतिक सम्पदा (क्ष्ऋज्) को उजागर 

जेष्ठ वरिष्ठ कलाकारहरुलाई सम्मान 

कला प्रदर्शनी २०८०

अग्रणी निर्यातकर्ताहरुलाई सम्मान 

Trend Display 2024-25 


४. मेलाबाट हुने उपलब्धिहरु:
 
अन्तरराष्ट्रिय बजारमा पहँुच पुग्न नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी ब्यबसायीले बिदेशी आयातकर्ताहरुसंग ब्यवसायिक सम्बन्ध स्थापित गर्न सक्ने अबसर प्राप्त गर्न सक्नेछन् । 


प्रत्येक वर्ष ब्यापार मेलाको आयोजना हुँदा उत्पादकहरुले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्न प्रेरित हुने छन् । 


हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान हुने छ ।


स्वदेशमै आजका यूवा पिँडीहरुलाई रोजगारी प्रदान गर्न सकिने ।


विदेशमा चलिरहेको रङ्ग सम्योजन, डिजाईन, वस्तु विकास, प्रविधि आदि बारेमा नेपाली उद्यमी, व्यवसायी र कलाकारहरुले जानकारी प्राप्त गर्न सक्ने छन् । 

५. निस्कर्ष:

हस्तकला मुलुकको प्रमुख निर्यातमूलक उद्योगको रुपमा रहेको छ । हाल नेपाली हस्तकलाका वस्तुहरु करिब रु.१२ अरब मूल्य बराबरको विश्वका ६० भन्दा वढि देशहरुमा निकासी भई रहेका छन् । सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई बार्षिक रु.२४ अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिंदै आएको छ । त्यसै गरी हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । देशको व्यापार घाटा कम गर्न र आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनिकरण गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको बिकास, बिस्तार र प्रबद्र्धनमा नेपाल सरकारले जोड दिनु पर्ने जरुरी देखिएको छ । यो उद्योग ब्यबसायबाट नेपाली यूवा पिढीलाई स्वरोजगार हुने प्रसस्त अबसर रहेको छ । स्वदेशमै रोजगारीको अवसर बढाई श्रम शक्तिलाई बाहिरी मुलुकमा रोजगारीको लागि जान निरुत्साहित गर्न सक्ने उद्योग ब्यबसायको रुपमा हस्तकला उद्योग व्यवसायलाई बिकास गर्न सकिने अवसर रहेको छ । 
प्रेस विज्ञप्ति जारी मिति : २०८० कात्र्तिक १ गते
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: