डिम्याट खाता नवीकरण नगरे फ्रिज हुने मेरो सेयर सेवा स्वतः बन्द हुने

दर्पण दैनिक ३२ असार २०८३,१४:१२
post

काठमाडौं । शुक्रबारदेखि नयाँ आर्थिक वर्ष २०८३-८४ सुरु हुनेभएसँगै विभिन्न मर्चेन्ट बैंक (क्यापिटल) तथा ब्रोकर कम्पनीहरुले हितग्राही (डिम्याट) खाता नवीकरण गर्न खातावाललाई आग्रह गरेका छन् । तोकिएको वार्षिक शुल्क नतिरे डिम्याट खाता फ्रिज हुने र मेरो सेयर सेवा स्वतः बन्द हुने भन्दै क्यापिटलहरूले सूचना जारी गरेका हुन् । नयाँ आर्थिक वर्ष सुरु भएपछि डिम्याट खाता नवीकरणा गर्नुपर्ने हुन्छ ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ अनुसार डिम्याट खाता सञ्चालन तथा नवीकरणका लागि वार्षिक १०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । खातावालले सम्बन्धित क्यापिटल, बैंक शाखा, ब्रोकर कम्पनी, ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, मोबाइल बैंकिङलगायत माध्यमबाट उक्त शुल्क भुक्तानी गर्न सक्नेछन् । क्यापिटलहरूले आर्थिक वर्ष २०८२/८३ सम्म डिम्याट खाता खोलेका तर नवीकरण शुल्क नतिरेका लगानीकर्तालाई तत्काल शुल्क बुझाएर खाता सक्रिय राख्न अनुरोध गरेका छन्। अन्यथा शुल्क नतिरेसम्म डिम्याट खाता फ्रिज हुने जनाइएको छ ।

नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार ५६५ पुगेको छ। आर्थिक वर्ष ०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो। अहिले नेपालको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ मा उल्लेख छ।

डिम्याट खाता सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३४.१३ प्रतिशतले खोलेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा २.९८ प्रतिशतले खोलेका छन्। कोसीमा १८.९३ प्रतिशत, गण्डकीमा १२.४६ प्रतिशत, लुम्बिनीमा १२.१४ प्रतिशत, मधेसमा १२.६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६.६७ प्रतिशतले डिम्याट खाता खालेका छन्।

नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार मेरो सेयर खाता खोल्ने लगानीकर्ताको संख्या पनि बढेको छ। आव ०७७/७८ सम्म मेरो सेयर खाता खोल्ने संख्या सात लाख थियो। चालु आवको जेठ मसान्तसम्मको अवधिमा भने ६७ लाख ३७ हजार २५४ लगानीकर्ताले मेरो सेयर खाता खोलेका छन्। कुल जनसंख्याको २३ प्रतिशतले मेरो सेयरको खाता खोलेका छन्।

विगत पाँच वर्षको अवधिमा सेयर कारोबार गर्ने (टीएमएस) खाता खोल्नेको संख्या पनि बढेको प्रतिवेदनमा उल्लेख छ। धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न प्रत्येक लगानीकर्ताले टीएमएस खाता खोल्नुपर्ने हुन्छ।

आव ०७७/७८ मा टीएमएस खाता खोल्ने लगानीकर्ताको संख्या करिब ३५ हजार मात्रै थियो। आव ०८२/८३ को जेठ मसान्तसम्म टीएमएस खोल्ने लगानीकर्ताको संख्या भने ३४ लाख ६६ हजार ४९९ जना पुगेको छ। प्रतिवेदनअनुसार सेयर पुँजीबजारमार्फत सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरबापत प्राप्त हुने राजस्व पनि बढेको छ।

आव ०७७/७८ मा सरकारले पुँजीबजारबाट लाभकरबापत १५ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो। चालु आवको जेठ मसान्तसम्मको अवधिमा सरकारले पुँजीगत लाभकर बापत १० अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आवमा सेयर बजार ओरालो लागेकाले पनि अपेक्षाकृत पुँजीगत लाभकर उठाउन सकेको छैन। नेपाल पुँजीबजार विकास मार्गचित्र २०८३ अनुसार नेपालको पुँजी बजारले पछिल्लो तीन दशकमा उल्लेखनीय विस्तार गरेको जनाएको छ। सन् २०२६ सम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २९७ कम्पनी सूचीकृत छन्। बजार पुँजीकरण करिब ४६ खर्च ५६ अर्ब पुगेको छ। जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ७०.५२ प्रतिशत बराबर हो। https://nepalnews.com/2026/07/15/3-466-million-investors-are-active-in-share-trading-through-tms/

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: