एट्टिक रेस्टुरेन्ट र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य

दर्पण दैनिक १० आश्विन २०८०,०७:००
post

काठमाडाैं । एट्टिक रेस्टुरेन्ट र नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको सम्झैता पत्रमा एट्टिकका तर्फबाट बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्ट तथा गुरु ट्राभल्स लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले हस्ताक्षर गरे । 

सम्झैता पत्रअनुसार एट्टिक रेस्टुरेन्टले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने र गुरु ट्राभल्स लिमिटेडले एट्टिक रेस्टुरेन्ट र ग्राहकहरुलाई सुलभ दरमा विशिष्टीकृत सेवा उपलब्ध गराउने छ । साथै दुई संस्थाबीच सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट अघि बढ्ने सहमति पनि भएको छ । सम्झैता पत्र  हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका कर्मचारीहरु सहभागी थिए ।
 
सम्झैता पत्रमा हस्ताक्षर गरेपछि एट्टिक रेस्टुरेन्टका बिजिनेस डेभलपमेण्ट प्रमुख श्री रश्मिता बिष्टले  नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयो । विष्टले आगामी दिनमा थप कार्यक्रमहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, विष्टले गुरु ट्राभल्स लिमिटेडका साथमा व्यावसायिक ज्ञान तथा अनुभवको आदानप्रदानबाट पर्यटनजस्तो अथाह सम्भावना बोकेको क्षेत्रमा सहकार्य गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने अपेक्षा राखिन् ।


एट्टिक रेष्टुरेन्ट मन मिल्ने साथीहरूको समूहले २००९ मा स्थापना गरेको संस्था हो । उत्तर ढोकाबाट चार वर्ष सफल व्यवसाय सञ्चालन गरेपछि एट्टिक रेस्टुरेन्ट टंगालनमा सरेर सञ्चालन भएको थियो । त्यहाँ एक दशकको सफल व्यवसाय सञ्चालनपश्चात हामी अझै परिष्कृत रुपमा ज्ञानेश्वरमा सरेको छ । उत्कृष्ट खाना, उत्कृष्ट पेय पदार्थ र अनुकरणीय वातावरणका लागि एट्टिक रेस्टुरेन्ट प्रसिद्ध छ । पछिल्लो समय एट्टिक रेस्टुरेन्टले नयाँ र अझ राम्रो स्थानबाट आफ्नो उत्कृष्ट सेवा र सुविधा प्रदान गरिरहेको छ । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: