बैंकहरूले बढाए निक्षेपमा ब्याजदर

दर्पण दैनिक ३१ भाद्र २०८०,१३:२६
post

काठमाडौं । वाणिज्य बैंकहरूले बजारमा पर्याप्त तरलता हुँदाहुँदै असोज महिनाका लागि निक्षेपमा ब्याजदर बढाएका छन्‌ । निक्षेपसँगै अब बजारमा कर्जाको ब्याजदर समेत बढ्नेछ ।

कर्जामा ब्याजदर नबढाउने शर्तमा सरकारले बैंकहरूले केही अघिमात्रै स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएको थियो । तर, सरकारले सुविधा दिँदादिँदै पनि कर्जाकै ब्याजदर बढाउने बाटोमा बैंकहरू अघि बढेका हुन् ।

कम्तिमा ७ वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम १.४ प्रतिशतसम्म ब्याजदर वृद्धि गरेका हुन्‌ । ६ बैंकले भने ब्याजदर झिनो अंकले घटाएका छन्‌ ।

बैंकहरूले आफूसँग रहेको ठूलो आकारको संस्थागत निक्षेप परिपक्व हुने अवस्था रहेकाले सो निक्षेप फिर्ता जान नदिन ब्याजदर बढाएका हुन्‌ । संस्थागत निक्षेप ठूलो आकारको भएको र त्यो बाहिरिँदा तरलता अभाव भोग्नुपर्ने अवस्था आउन नदिन ब्याजदर बढाइएको बैंकरहरू बताउँछन्‌ ।

निक्षेपमा ब्याजदर बढाउनेमा हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल र नबिल बैंक छन् । प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ११.३५८ प्रतिशत ब्याज दिने जनाएको छ । संस्थागत निक्षेपको ब्याजदर ९.३५८ प्रतिशत तोकेको छ ।

बजारमा कर्जा माग ठप्पजस्तै रहेको र पर्याप्त तरलता रहेकाले बैंकरहरूले कम्तिमा असोज महिनामा ब्याजदर नबढ्ने बताइरहेका थिए । शुक्रबार (भदौ २९)  सम्म बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेकोमा करिब ३८ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन्‌ । कूल कर्जा लगानीभन्दा कूल निक्षेप दोब्बरले बढी हुँदा पनि बैंकहरूले ब्याजदर बढाएका हुन्‌ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: