काठमाडौं । खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी हस्ताक्षर भएको छ । अन्तिम सम्झौतापत्रमा बुधबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको हो । मर्जर हुने यी दुवै संस्था खप्तड लघुवित्तको कार्यक्षेत्र सुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।
दुई संस्थाबीच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए । उक्त अन्तिम सम्झौतापत्रमा खप्तड लघुबित्त बित्तीय संस्थाकातर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुबित्त बित्तीय संस्थाकातर्फबाट सञ्चालक समितिका अध्यक्ष इश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
उक्त हस्ताक्षर समारोमा धौलागिरी लघुबित्तका तर्फबाट संचालक एबं संयुक्त मर्जर समितीका संयोज हरिप्रसाद शर्मा, सिर्जना थापा, डा.शुदर्सन सिलवाल, प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहोरा र खप्तड लघुवित्तको तर्फबाट संचालकहरु रणदेव कृष्ण श्रेष्ठ, चन्द्र बहादुर चन्द, डबल बहादुर शाह तथा प्रमुख कार्यकारी अधिकृत शुरेसबहादुर बमको उपस्थिति थियो ।
धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुलकित्ताको ५ प्रतिशतले हुनआउने १६ हजार ५५० कित्ता सेयर सामूहिकलगानी कोष र ०।५ प्रतिशतले हुनआउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रीगरिएको थियो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।
त्यसैगरी, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि भदौ १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जारी पूँजीको ० दशमलव ५ प्रतिशतअर्थात २ हजार कर्मचारीहरुकालागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतअर्थात ६ हजार ६०० कित्ताकित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।