
काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ मंगलबार बाँडफाँड गरिएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँ मा एफपीओ निष्काशन गरेको थियो। कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर असार ३१ गतेदेखि साउन ४ गतेसम्म सार्वजनिक रूपमा बिक्रीमा ल्याइएको थियो ।
एफपीओमा कुल १८ लाख २५ हजार ९२२ लगानीकर्ताबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन वैध ठहरिएको छ भने बाँकी आवेदनहरू विभिन्न कारणले अस्वीकृत भएका छन् ।
माग अत्यधिक भएपछि बाँडफाँड गोलाप्रथामार्फत गरिएको हो। यस प्रक्रियाबाट ९ लाख २५ हजार ४६ जना आवेदकले १०-१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। ९ जनाले थप एक कित्ता प्राप्त गर्दै ११-११ कित्ता शेयर पाएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google