काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा तीनजनासहित ११९ जनाले नाम दर्ता गराएका छन् । मंगलबार साँझ ५ बजेसम्म वरिष्ठ उपाध्यक्षका लागि तीनजना, जिल्ला नगरतर्फ तीनजनाले उपाध्यक्षका लागि, वस्तुगतर्फ तीनजनाले उपाध्यक्षका लागि र एसोसिएटतर्फ दुईजनाले उमेदवारी दर्ता गराएका हुन् ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाइले उमेदवारी दिएका छन् ।
जिल्ला नगरतर्फ दिनेश क्षेष्ठ, अरूणराज सुमार्गी र सुरकृष्ण वैद्यले उमेदवारी दिएका छन् । त्यस्तै, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल, मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनले उमेदवारी दिएका छन् ।
त्यसैगरी एसोसिएटतर्फको उमेदवारी भरत आचार्य र ज्योत्सना श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, प्रत्येक प्रदेशमा एक–एक जना निर्वाचित हुनुपर्नेमा लुम्बिनीबाहेक अन्य ६ वटा प्रदेशमा एकभन्दा बढीको उमेदवारी परेको छ । लुम्बिनीमा भने जम्शेर मियाको मात्र उमेदवारी परेकाले उनी सर्वसम्मत निर्वाचित भएका छन् ।
द्विराष्ट्रिय सदस्यतर्फ पनि एकजना सर्वसम्मत भएका छन् । सुनिल केसीको मात्र उमेदवार परेपछि उनी सर्वसम्मत भएका हुन् । उनी नेपाल–भारत चेम्बर अफ कमर्सका उपाध्यक्ष हुन् ।
सूची https://img.baahrakhari.de/uploads/pdf/FNCCI1680622050.pdf