काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पो सोमबार सम्पन्न भएको छ । चौथो दिनसम्म एक करोड दश लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । चौथो दिन मेलामा १० हजार भन्दा धेरैले अबलोकन गरेका छन् भने अन्तिम दिनमात्र २१ लाख ८० हजारको कारोबार भएको छ ।
सोमबार सम्म चलेको यो पुष्प मेला अवधीभरमा ५९ हजार बढीले अवलोकन गरेको र एक करोड १० लाख रुपियाँ भन्दा बढीको कारोवार कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिएका छन् ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निशुल्क प्रबेशको ब्यबस्था गरिएको थियो ।
४ दिने मेला अबधीमा बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठ, बागमती प्रदेश सरकारका बन तथा बाताबरण मन्त्रीले समेत मेला अबलोकन गरेका थिए । यसैगरी बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य, कृषि सचिब गोबिन्द प्रसाद शर्मा लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले पनि मेला अबलोकन गरेका थिए ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार भएकोमा आफू उत्साहित बनेको र अर्को बर्ष गरिने मेला अन्तराट्रियस्तरको गरिने योजना रहेको जानकारी दिए ।
नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र बि.सं. २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो । जब २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल को स्थापना भयो तत पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रबद्र्धनले गति लिएको हो ।
हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ । हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ११७४ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी रु.८ अर्व ८३ करोड भन्दा बढि रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि ५१,५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेका र पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्व ६८ करोड भन्दा बढि रहेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)
























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google