काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानले अर्थमन्त्रीलाई आलु, प्याज र तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानको टोलीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए ।
अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गरे। सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र संरक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए ।
आलु तथा प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने र उल्टो मूल्य घट्ने दाबी गरे। करको व्यवस्थाले मूलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताए ।
अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ता पुग्ने भएकाले त्यहाँ कर लगाएको बताए । सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताए। तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भरउन्मुख गराउने उद्देश्य रहेको उनकाे भनाइ छ ।
उनले भने, ‘जेठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु, प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । कृषिलगायत अन्य उत्पादक कृषिलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो । यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ। स्थानीय उत्पादनलाई महँगो बनाउँदैन ।’
सरकारले नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृषकलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने बताउँदै उनले नेपाली किसानलाई ढुक्क भएर उत्पादन बढाउन आग्रह गरे ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)




























































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google