
काठमाडौं । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल ‘डब्लूआर १५५आर’ सार्वजनिक गरेको छ । धुलिखेलको डर्ट टेम्पलमा आयोजित कार्यक्रममा एडभेन्चर उत्साही र यामाहा ग्राहकलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाउँदै बाइक सार्वजनिक गरिएको यामाहाले जनाएको छ ।
कार्यक्रममा यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले डब्लूआर १५५आर खरिद गरेको ग्राहकलाई एकमुष्ट साँचो हस्तान्तरण गरे ।
राइडरहरूको अनुभव अझ बढाउन यामाहाले सबै सहभागीलाई आवश्यक अफ–रोड सवारी प्रविधिसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गर्यो । तालिमपछि सवारहरूले ओपन डर्ट ट्र्याकमा यो बाइकको क्षमताको पूर्णअनुभव लिँदै रियल वर्ल्ड कन्डिसनमा आफ्नो सिप परीक्षण गर्ने अवसर समेत पाएका थिए ।
यस्ता छन् यामाहा डब्लूआर १५५आरका विशेषता
डब्लूआर १५५आर यामाहाको डुअल पर्पोज सेगमेन्टमा नवीनतम अफर हो । जुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ–रोड सवारीको रोमाञ्च खोज्नेका लागि भनेर डिजाइन गरिएको छ ।
यो बाइकमा शक्तिशाली १५५ सीसी लिक्विड कुल्ड, भीभीए इन्जिन जडान गरिएको छ । त्यस्तै हल्का तौल र टिकाउ फ्रेम, लङ ट्राभल सस्पेन्सन, टेलिस्कोपिक फ्रन्ट फोर्क र लिंक टाइप रियर सस्पेन्सन, २ सय ४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ठूलो २१ इन्च फ्रन्ट ह्विल, उत्कृष्ट ब्रेकिङ प्रणाली लगायत विशेषता छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google