काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएलम्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलास चन्द एन्ड कोप्रालि बीच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पे रोल एसआइपी’ लगानी गर्ने उद्देश्यका साथ एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअन्तर्गतहिम इलेक्ट्रोनिक्स् प्रा.लि. तथा हंसराजहुलासचन्द एन्ड को प्रालिका कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुपमासिक रुपमाआफ्नो तलबको केहीअंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजनामार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा हंसराज हुलास चन्द एन्ड को.प्रा.लि.का तर्फबाट कम्पनिका सहायक महाप्रबन्धक – एचआर नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट उप–प्रबन्धक नीलम केसीर एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायवमहा प्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।
उक्त हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेत, हंसराजहुलास चन्द एन्ड को प्रालिका तर्फबाट सहायक महाप्रबन्धक – अकाउन्ट एण्ड फाइनान्स सन्तोषप्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट वित्त नियन्त्रक– अकाउन्ट एण्ड फाइनान्स योगेशचन्द्र पन्तको पनि उपस्थिती रहेको थियो ।