काठमाडौं । जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतको विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब सार्वजनिक गरेको जनाएको छ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्नेछन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ ।
ग्राहकले २ लाख ९९ हजार ९ सयमा टिभिएस आईक्यूब खरिद गर्न पाउने कम्पनीले जनाएको छ । टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २ सय ७५ लिटर इन्धन बचत गरेको छ, भने वातावरणमा २३ हजार ७ ससय ६२ किलो कार्वन उत्सर्जन हुन रोकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विश्वमा टिभिएस आईक्यूवका करिव ३ लाख ग्राहकहरुले अरिव १ दशमलव ९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन्, भने ६९ हजार ५ सय ९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले आईक्यूब ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए । उनले भने, ‘हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुनेछन् ।’
पेट्रोलको मूल्य बढेसँगै बचत पनि बढ्ने उनको दाबी छ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३ सय लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६ सय ९० केजिले घटाउने गुप्ताले बताए आई क्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ । नेपालमा ३३ डिलरहरूमा आईक्यूब ईलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
cfO{So"asf s]lx ljz]iftfx? o; k|sf/ 5g\M
- Peak Power 4.6 kW, Torque 140 Nm
- Rated power 3.34 kW
- Top Speed – 78 km/h
- Acceleration – 0-40 km/h in 4.2 seconds
- Range on single charge – 100 kms
- Parking Assist – Reverse/Forward
- 7” TFT cluster, with an intuitive 5-way joystick
- Music Player Control
- Night Mode
- Smart Helmet Connectivity
- Incoming call/SMS Alert
- Document Storage on cluster
- Under seat storage – 32 litres
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google