काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही सञ्चार माध्यममा प्रकाशित सरकारले आयातित तरकारीको विषादी परीक्षण रोकेको र जी टू जी मल आयात रोकिएको भन्ने समाचारको खण्डन गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त तरकारीको विषादी परीक्षण नरोकिएको तर आद्य ऐन, २०२३ को दफा ९ बमोजिम खाद्य पदार्थ सम्बन्धी मापदण्डको सन्दर्भ सामग्रीको आधारमा स्वीकृत मापदण्डउपर मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको र सो विचाराधीन अवस्थामा नै रहेको विधेयक पुस ११ गतेकै बैठकले फिर्ता गरिसकेको जनाएको हो ।
समाचारमा उल्लेख भएबमोजिम उक्त प्रस्ताव कुनै मुलुकको उत्पादनतर्फ लक्षित नभइ डब्लूटीओको प्रावधान अनुरूप खाद्य ऐन, २०२३ मा व्यवस्था भए अनुरूप खाद्य ऐन, २०२३ बमोजिम नेपालभर उत्पादन, आयात निर्यात एवं विक्री वितरण हुने खाद्य पदार्थका लागि सो मापदण्ड आकर्षित हुने ब्यहोरा समेत मन्त्रालयले जनाएको छ ।
यस्तै एक सञ्चार माध्यममा मन्त्रालयकै प्रवक्तालाई कोण गर्दै जी टू जी मार्फत थप मल आउन नसक्ने आशयको सूचना प्रकाशित भएको प्रतिसमेत मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उक्त विषयमा मन्त्रालयका प्रवक्तामार्फत कुनै सूचना सम्प्रेषण नभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)











































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google