काठमााडौं । सेगवे नाइनबट नेपालको आधिकारिक विक्रेता आइहबले विशेष अफर ल्याएको छ । कम्पनीले सेगवेका इलेक्ट्रिक स्कुटरहरुको खरिदमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा ल्याएको हो । यो योजनाअन्तर्गत इच्छुक व्यक्तिले पाँच लाख रुपैयाँसम्मको ऋणमा बिना ब्याज आफ्नो रोजाइको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू एन१००, ई१००, ई११० एल, र ई१२५ मा लागु हुने कम्पनीले जनाएको छ । शून्य प्रतिशत फाइनान्सिङ सेवाले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्ने कम्पनीको भनाइ छ ।
यो सेवाले ग्राहकलाई सेगवे इलेक्ट्रिक स्कुटरको खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाएको कम्पनीको विश्वास छ । यसबाहेक कम्पनीले सेगवको स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार पनि उपलब्ध गराउने बताएको छ ।