
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहनेगरी कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कायम मुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन् । कार्यदलले आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पाँच दिनभित्र मन्त्री खनालसमक्ष पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google