साढे ५ वर्षमा ५ लाख नेक्सन विक्री

दर्पण दैनिक १ बैशाख २०८०,१२:३५
post

काठमाडाैं । टाटा मोटरसले भारतीय बजारमा ५ लाख वटा नेक्सन विक्री वितरण सफल भएको छ। कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो । साढे पाँच वर्षको छोटो अवधिमै यसले उक्त सफलता हासिल  गरेको हो। अझ उल्लेखनीय पक्ष भनेको ५ लाख मध्ये पछिका १ लाख केवल सात महिनामा विक्री भएको थियो । 

हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको छ । सन् २०२० मा 'फेसलिफ्ट' को आगमन पछि यसको वजार विस्तारले झन् तिब्र ढंगले अगाडि बढेको पाइन्छ । 

नेक्सन  १२०० सय सिसिको रेभोट्रन  पेट्रोल  इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ ।  पहिलो प्रकारमा  १२० हर्सपावर एवं १७० एनएमको 'पिक टर्क'को क्षमता छ भने  दोस्रो प्रकारमा  १२० हर्सपावरको शक्ति एवं १७० एनएमको 'पिक टर्क'को क्षमता छ ।  दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र  सिक्स स्पिड एटिएमको रुपमा रहेको छ ।  

नेक्सन एसयुभीले मारुती सुजुकी ब्रेज्ज़ा, ह्युनडाइ भेनु , किया सोनेट, महिन्द्रा एक्सयुभी ३००, निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ । यसमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री-स्पोक फ्ल्याट-बटम स्टिरिंग व्हिल, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन् ।  


सर्वोत्कृष्ट  सुरक्षाको लागि नेक्सनले  ग्लोबल एनसीएपीद्वारा पाँच-तारे गाडीको मान्यता प्राप्त गरेको छ । यस गाडीले बजारमा अग्रगति लिनुको पछाडी यो एक प्रमुख कारण हो ।  

नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ।  नेक्सन इभी हाल भारतको सबैभन्दा बढी विक्री भइरहेको विद्धुतीय गाडीको हो।        

टाटाको  यस वर्षको अन्त्यसम्म नेक्सनको  अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना  छ । यो नँया स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको 'कर्भ अवधारणा'मा आधारित छ ।  १२०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति  १२५ हर्सपावर बराबर हुनेछ ।             

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: