काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड चयन भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न निर्वाचन सहितको ४४ औं वार्षिक साधारण सभाले दुगडको अध्यक्षतामा आगामी २ वर्षको लागि नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।
दुगडले यसअघि विगतमा २ कार्यकाल संघको अध्यक्ष भई नेतृत्व गरिसकेका छन् । संघमा निवर्तमान अध्यक्ष सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्ष राम थापा, द्वितिय उपाध्यक्ष राहुल अग्रवाल, महासचिव दिपक कुमार पौडेल, उप–महासचिव धिरज गोल्छा, कोषाध्यक्ष रतन लाल केडिया लगायतको कार्यसमिति चयन भएको छ ।