भाटभटेनीको २६औँ स्टोर उद्घाटन गर्दै मीनबहादुरले भने- मेचीदेखि महाकालीसम्म रोजगारी सिर्जना गर्न सफल भएका छाैं

दर्पण दैनिक ४ आश्विन २०८०,१०:५४
post

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन् । यसअघि भाटभटेनीले जनकपुरमा स्टोर सञ्चालनमा ल्याएको थियो। 

ग्राहकको चाहना र मागअनुसार आफूहरू सधैँ अघि बढेको उल्लेख गर्दै उनले इमानदार भएर सेवामा लाग्ने बताए ।

विषम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको भन्दै उनले यो स्टोर सञ्चालन ऐतिहासिक भएको  बताए । बेरोजगारीको विकराल अवस्थामा पनि मेचीदेखि महाकालीसम्म रोजगारी सिर्जना गर्न सफल भएको गुरुङले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: