काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।
सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको गत आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ । सभाले चालु आव २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।
सभामा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका र सर्वसाधारण सेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण सेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल सञ्चालकमा निर्वाचित भएका छन् ।