धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो (सूचनासहित)

दर्पण दैनिक २९ कार्तिक २०८१,०९:३८
post

काठमाडाैँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनोट सूचीमा परेका ३ जनालाई अन्तर्वार्तामा बोलाइएको छ । अर्थ मन्त्रालयले छनोट सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा.नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको हो । अन्तर्वार्ता मंसिर ९ गते बिहान ८ बजे हुनेछ ।

यसअघि असोज १८ गते उनीहरूलाई अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो । त्यति बेला अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको बताएको थियो ।यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो । धितोपत्र बोर्ड २०८० पुस २० पछि अध्यक्षविहीन छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९