
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सञ्चालक समितिको चुनाव स्थगित भएको छ । सर्वोच्च अदालतले मतदानको कार्य यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै चुनाव स्थगित भएको बैंकले जनाएको छ ।
बैंकले चैत २० गते ३७ औं वार्षिक साधारणसभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चुनावमार्फत चयन गर्ने कार्यक्रम तय गरेको थियो ।
बैंकले यसअघि सार्वजनिक सूचना जारी गरेर सञ्चालक समितिमा कुल ६ जना चयन गर्नका लागि निर्वाचन गर्ने कार्यतालिका तय गरेको थियो । तर सर्वोच्चको आदेशपछि हाललाई चुनावी कार्यतालिका स्थगित गरिएको हाे ।