हिमताल विस्फोटको जोखिम : चार ताल रित्याउन ४९.९ मिलियन डलरको आयोजना, बाढी पूर्वसूचना ६ नदी बेसिनमा विस्तार

दर्पण दैनिक ९ कार्तिक २०८३,१२:२१
post

काठमाडौँ । हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमताल विस्फोटको जोखिम चुलिएपछि सरकारले मनाङ, संखुवासभा र सोलुखुम्बुका चार अति जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ । यससँगै बाढीको पूर्वसूचना प्रणाली ६ वटा प्रमुख नदी बेसिनमा विस्तार गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेका श्वेतपत्रमा यी योजना समेटिएका छन् ।


चार हिमतालमा 'ग्लोफ सञ्जीवनी'

मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुको लुम्दिङ छो र होंगु-२ हिमतालको पानीको सतह घटाउन 'ग्लोफ सञ्जीवनी आयोजना' ल्याइएको छ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने आयोजनाको बजेट करिब ४९.९ मिलियन अमेरिकी डलर छ । यसअघि दोलखाको छो-रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको सतह सफलतापूर्वक घटाइएको अनुभवलाई यसको आधार बनाइएको छ ।

२४ घण्टे बाढी निगरानी

'प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना' (२०२२–२०२८) अन्तर्गत ७.५४ मिलियन डलरको लागतमा ६ नदी बेसिनमा पूर्वसूचना प्रणाली जडान हुँदैछ । जेठ १ देखि असोज मसान्तसम्म २४ सै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गरिनेछ । चालु आर्थिक वर्षमा कर्णाली र नारायणी बेसिनका लागि नयाँ पूर्वसूचना मोडल विकास हुने छ । बागमती सुधार आयोजनाअन्तर्गत २ करोड ६१ लाख रुपैयाँमा समुदायमा आधारित प्रणाली पनि बनाइनेछ ।

एआई र स्वचालित केन्द्र

मौसम विज्ञान विभागको श्वेतपत्र मस्यौदाअनुसार पूर्वानुमानको शुद्धता बढाउन कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ र उच्च क्षमताको कम्प्युटिङ प्रयोग गरिनेछ । देशभरका ५०३ म्यानुअल मौसम केन्द्रलाई क्रमशः स्वचालित केन्द्रमा स्तरोन्नति गरिने छ । सुर्खेत, पाल्पा र उदयपुरका राडारको मर्मत हुनेछ र काठमाडौँ उपत्यकाका लागि एक्स-बण्ड राडार जडानको प्रस्ताव छ । थप ६ प्रदेशमा रेडियोसोन्डे केन्द्र स्थापना गरिनेछ ।

सूचना ११५५ टोल-फ्री सेवा, मोबाइल एप, सामाजिक सञ्जाल र अडियो-भिजुअल ब्रिफिङमार्फत तल्लो तथा तटीय क्षेत्रका समुदायसम्म पुर्याइनेछ । बहुप्रकोप पूर्वसूचना प्रणालीमार्फत अवलोकन, जोखिम पहिचान, प्रभावमा आधारित पूर्वानुमान र चेतावनी नक्सालाई एकीकृत गरी स्थानीय तहसम्म सूचना पुर्याउने लक्ष्य छ ।

कार्यान्वयन चुनौती

श्वेतपत्रले योजनाले दीर्घकालमा विपद् व्यवस्थापन र मानवीय क्षति घटाउन ठूलो सहयोग गर्ने अपेक्षा गरेको छ । तर बजेटको निरन्तरता, दक्ष प्राविधिक जनशक्ति, आधुनिक उपकरणको नियमित मर्मतसम्भार र निकायबीचको समन्वय मुख्य चुनौती हुने उल्लेख छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२
post

नाडा अटो शो २०२६ सुरु

९ भाद्र २०८३,१२:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: