काठमाडौं महानगरले 'गरीखाने शिक्षा-महानगरको इच्छा' योजनाकाे लागि ५० करोड छुट्यायाे, बजेटकाे पूर्णपाठसहित

दर्पण दैनिक १० असार २०८०,१६:०९
post

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार  रुपैयाँको बजेट ल्याएको छ । राष्ट्रिय सभागृहमा उपप्रमुख सुनिता डंगोलले आगामी वर्षको बजेट पेश गरेकी हुन् । डंगोलले महानगर स्वर्णिम, गौरव र प्राथमिकतायुक्त गरि तीन क्षेत्रमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको बताइन् । उनले गौरवका आयोजनाहरुमा १० वटा विषयगत आयोजनाहरु छनोट गरिएको बताइन् । गौरवका आयोजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

साथी महानगर, एक वडा एक नमुना उद्यम कार्यक्रम, महानगरले देख्छ, सुशासनका लागि अनलाइ सेवा, न्याय चौतारी लगायत शीर्षकमा बजेट छुट्याइएको छ ।

बजेटमा विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि 'गरीखाने शिक्षा, महानगरको इच्छा' योजना घोषणा गरिएका छ । त्यसका लागि ५० करोड रुपैयाँ छुट्याइएको छ। सामुदायिक विद्यालयमा एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

महानगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न महानगरले ३० करोड रुपैयाँ छुट्याएको डंगोलले बताइन् । यस्तै, स्वास्थ्य क्षेत्र तर्फ सरल र सुलभ सेवा उपलब्ध गराउन ३५ करोड बजेट विनियोजन गरिएको छ । सहुलियतमा औषधी उपलब्ध गराउन सुलभ फार्मेसी योजना घोषणा गरिएको छ । देशका विभिन्न नगरपालिकाहरुलाई ३५ वटा एम्बुलेन्स उपलब्ध गराउन ७ करोड विनियोजन गरिएको छ ।

महानगरभित्र संचालन हुने मौलिक र स्थानीय जात्रा पर्वको लागि १ करोड ८८ लाख विनियोजन गरिएको छ । महानगर भित्रका नदीहरुको सरसफाइ र नदी किनारको संरक्षणका लागि ७ करोड रकम विनियोजन गरिएको छ । महानगरमा ३०० जना कुचिकार, ५१ जना कार्यालय सहयोगी, ३२ जना चौकीदार, २६९ जना स्वास्थ्यकर्मी र १५१ जना नगर प्रहरी जवानलाई करारमार्फत सेवामा लगाउन ३० करोड रकम विनियोजन गरिएको छ । नगर प्रहरीतर्फ कूल ५०० जनाको दरबन्दी रहने व्यवस्था गरेको डंगोलले बताइन् ।

डंगोलले महानगरमा भित्रिने तरकारी र फलफूलमा विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ। त्यसका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । यस्तै, धुलोरहित काठमाडौं बनाउने योजनाको लागि महानगरले १ अर्ब बजेट विनियोजन गरेको छ । धुलोरहित काठमाडौं महानगर क्षेत्र भित्रका सम्पूर्ण डिपीआर भएका सडक पेटी लगायतका योजनाहरु निर्माण तथा मर्मत गर्न उक्त बजेट खर्च गरिने डंगोलले बताइन् ।

यस्तै, सुन्दर महानगर योजनाको लागि २५ करोड बजेट विनियोजन गरिएको उनले बताइन् । यसमा काठमाडौं महानगर क्षेत्रभित्रका पार्क तथा अन्य सबै क्षेत्रलाई हराभरा गर्ने योजना महानगरको रहेको छ ।

डंगोलले काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने बजेटमार्फत बताएकी छिन् । उनले यसका लागि पाँच करोड विनियोजन गरेको समेत बताइन् । यस्तै, डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ‘उज्यालो सहर, मेरो महानगर’ कार्यक्रम मार्फत सडक बत्ती जडानका लागिएको बताइन् । महानगरपालिकाले उक्त कार्यक्रमका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ । यही कार्यक्रमअन्तर्गत १०० वटा चोक अथवा क्षेत्रमा हाइ मास्ट लाइट जडान गरिनेछ ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९