काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाए हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा बस्ने बैठकमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका जाँदै छन् भने त्यतैबाट असोज ५ गते चीन भ्रमणमा पनि जाने कार्यक्रम तय गरिएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड असोज ४ गते न्युयोर्कमा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वकांक्षा सम्मेलनमा सहभागी हुनेछन् ।