काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले ६ महिनामा ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याएको उपलब्धी देखाएका छन् । पुस १० मा सरकार बनेयताको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन् । भ्रष्टाचार न्यूनीकरणमा सरकारले नयाँ मानक स्थापित गरेको प्रधानमन्त्रीको दाबी छ ।