काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
शपथ लिनेहरुमा नेपाली कांग्रेसबाट ४ जना रहेका छन्। कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री भएका छन् । कांग्रेसले ८ वटा मन्त्रालय पाएकोमा शुक्रबार चारजनाले शपथ लिए ।
माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । दाहालले शुक्रबार सातौँ पटक पुनर्गठन गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेन । उनको जिम्मामा अझै ६ वटा मन्त्रालय बाँकी छन् ।
कुन दलबाट को मन्त्री ?
नेपाली कांग्रेस
पूर्णबहादुर खड्का-उपप्रधान तथा रक्षा मन्त्री
डा. प्रकाश शरण महत-अर्थमन्त्री
रमेश रिजाल-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
सीता गुरुङ-शहरी विकास मन्त्री
नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री
शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री
सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
एकीकृत समाजवादी
बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री
प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री
जसपा
अशोक राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
लोसपा
शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
नाउपा
रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
नेसपा
महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
प्रधानमन्त्रीसँगका मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google