
काठमाडौं । सर्वोच्च अदालतले बडादशैंलाई लक्षित गरी सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुुसलमानको इजलासले गएको मंगलबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशमा लामो दूरीमा अनिवार्य दुई सवारीचालक राख्न भनिएको छ । टंकप्रसाद भट्टराईसहित १० जनाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यात्रुको इच्छाविपरीत लाउड स्पीकर म्युजिक –गीत) नबझाउन पनि आदेश जारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । न्यायाधीश मुसलमानको इजलासबाट यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच विषयमा अन्तरिम आदेश जारी भएको छ ।
यी हुन् अल्पकालीन अन्तरिम आदेशमा समेटिएका विषय
१ ) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०२ ले निर्धारण गरेक सिट क्षमताभन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनू, सवारीभित्र यात्रुको इच्छाविपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउनू ।
२) उच्च बाहन शक्ति मोटरसाइकल चालकहरूले सडक यात्रु, समाजलाई आतंकित हुने गरी ठूलो स्वर र तीव्र गतिमा मोटरसाइकल नचलाउनू ।
३) १८ वर्ष उमेर पूरा नभएका नाबालकलाई परिचालकको काममा नलगाउनू ।
४) सवारी ऐनको दफा १०४ मा व्यवस्था भएअनुसार लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा चालक फेर्नुपर्ने हुँदा कम्तीमा दुई चालक अनिवार्य रूपमा राख्ने व्यवस्था गर्नू ।
५) चाडबाडको समय नजिकिँदै गरेको अवस्थामा यात्रुवाहक सवारी यातायातको चाप अत्यधिक बढ्न गई सडक दुर्घटना समेत बढ्न सक्ने जोखिमलाई मध्येनजर गरी प्रभावकारी अनुगमन एवम् निगरानीको व्यवस्था मिलाउनू ।















































































































































1667912853.jpg)















































































































































































.jpeg)


























































.jpg)




































































































































































































































































































































.jpg)












































































































































.jpg)











































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google