अब सशस्त्र प्रहरीको संख्या ३७ हजार १५३

दर्पण दैनिक १६ मंसिर २०८२,०९:२१
post

काठमाडौँ । सशस्त्र प्रहरी बलको संख्या ३७ हजार १५३ कायम भएको छ । सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२ स्वीकृत भएसँगै कुल दरबन्दी संख्या ३७ हजार १५३ कायम भएको हो ।

साधारण समूहतर्फ साधारण उपसमूह, लेखा उपसमूह, कानुन उपसमूह तथा प्राविधिक समूहतर्फ सञ्चार तथा इन्जिनियरिङ र स्वास्थ्यतर्फ गरी उक्त दरबन्दी कायम भएको हो ।

गत २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पारित गरेको थियो । त्यसपछि राष्ट्रिय किताबखाना (प्रहरी)ले ५ मंसिरमा कार्यालय, दरबन्दी संरचना र पदबारेको पत्र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पठाएको थियो ।

जसअनुसार सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) १, अतिरिक्त महानिरीक्षक (एआइजी) ३, नायब महानिरीक्षक (डिआइजी) २१, वरिष्ठ उपरीक्षक (एसएसपी) ४३, उपरीक्षक (एसपी) १७५, र नायब उपरीक्षक (डिएसपी) ४८८ जनाको दरबन्दी छ ।

यसैगरी, सशस्त्र प्रहरी निरीक्षक १ हजार १३७, वरिष्ठ नायब निरीक्षक १००, नायब निरीक्षक १ हजार ३८५, सहायक निरीक्षक १ हजार ६१६, वरिष्ठ हवल्दार २ हजार ७९५, हवल्दार ५ हजार ३७०, सहायक हवल्दार ८ हजार ३६२, जवान १३ हजार ६७४ र परिचर १ हजार ९८३ कायम गरिएको छ ।

कुल दरबन्दीमध्ये साधारण समूहको साधारण उपसमूहमा ३६ हजार ६४ जना राखिएको छ । जसमा १ सशस्त्र प्रहरी महानिरीक्षक, ३ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, १८ सशस्त्र प्रहरी नायब महानिरीक्षक, ३५ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, १४८ सशस्त्र प्रहरी उपरीक्षक, ४१८ नायब उपरीक्षक र ९५८ सशस्त्र प्रहरी निरीक्षक छन् ।

यसैगरी, लेखा उपसमूहमा २०१ र कानुन उपसमूहमा १४ जनाको दरबन्दी छ भने २०१ जना दरबन्दी रहेको लेखा उपसमूहको सबैभन्दा ठुलो पद एसएसपी १ जना रहने व्यवस्था गरिएको छ । १४ जना दरबन्दी रहेको कानुन उपसमूहमा भने १ जना डिआइजीको दरबन्दी राखिएको छ ।

यसैगरी, प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ ५८८ जनाको दरबन्दी कायम भएको छ भने स्वास्थ्यतर्फको दरबन्दी संख्या २८६ कायम भएको छ । दुवैको नेतृत्वमा १–१ जना डिआइजी रहने व्यवस्था गरिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलले हालै गरेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) अनुसार यसअघि सशस्त्र प्रहरी बलको स्थायी कार्यालयको संख्या १११ बाट ३९६ वटा पुगेको छ ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: