माथिबाट खसेको ढुंगाले लाग्दा मोटरसाइकलमा सवार शिक्षा अधिकृतको मृत्यु, गाउँपालिकामा शोक विदा

दर्पण दैनिक २३ बैशाख २०८२,०८:२४
post

दार्चुला । माथिबाट खसेको ढुंगाले लाग्दा दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु भएको छ ।  सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको हाे । 

वडा नम्बर ५ स्थित चौपातामा सोमबार शैक्षिक कार्यक्रम थियो । सामाजिक विकास कार्यालयले आयोजनाको गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको बताइएकाे छ । 

ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ । मोटरसाइकल चलाइरहेका शिक्षा अधिकृत ओझामाथि ढुंगा बज्रिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पुर्याइएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन ।

गाउँपालिकामा शोक विदा

लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत केशव राज ओझाको मोटरसाइकल दुर्घटनामा निधन भएपछि गाउँपालिकाले आज एकदिने शोक विदा घोषणा गरेको छ । सोमबार  वडा नं. ४ को पैसखोला नजिकै मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका ओझाको गोकुलेश्वर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

गाउँपालिकाले ओझाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, दिवंगतप्रति सम्मान स्वरूप बैशाख २३ गते मंगलबार सम्पूर्ण कार्यालय तथा मातहतका संस्था बन्द रहने निर्णय गरिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले सूचना जारी गर्दै मृतक ओझाको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् र दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् । लेकम गाउँपालिकाले आफ्नो सूचनामार्फत सम्पूर्ण कर्मचारी, नागरिक तथा सरोकारवाला निकायहरूलाई आजको दिन कार्यालय बन्द रहने जानकारी गराएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: