ललितपुरमा बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर एक युवकको मृत्यु

दर्पण दैनिक २ श्रावण २०८०,१४:०३
post

ललितपुर । बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ललितपुरमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान मर्निङवाक गर्न जाने क्रममा घर नजिकैको बाटोमा लत्रिएको थ्री फेजको बिजुलीको तार टेकिएर करेन्ट लाग्दा उनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

करेन्ट लागेको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: