तीजको अघिल्लो दिन आज दरखाने दिन

दर्पण दैनिक ९ भाद्र २०८२,०७:३१
post

काठमाडौँ । हरितालिका तीजको अघिल्लो दिन आज (सोमबार) दर खाइँदैछ । तीजको दिन भोलि (मंगलबार) महिलाहरु व्रत बस्ने भएकाले आज वर्तालुहरुले दर खाने चलन छ । आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने गर्छन् । हरितालिका तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि अघिल्लो साँझ नेपाली हिन्दु महिलाहरुले दर खाने परम्परा छ । दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा र आडिला परिकार खाने गरिन्छ ।

पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ । दिदीबहिनी भेटघाट गर्ने, दुःखसुख एवं आपसी अनुभवलाई गीतमार्फत व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ ।

नेपाली हिन्दू महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँघरदेखि सहरसम्मै रौनक देखिन थालेको छ । दर खाने दिन आज भए पनि सहर बजारमा भने केही दिन अघिदेखि नै महिलाहरुले सामूहिक दर कार्यक्रम आयोजना गरी नाचगान तथा रमाइलो गरिरहेका छन् ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र सोही उनको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: