म्यानमार पुर्‍याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाएको आरोपमा २७ वर्षीया युवती पक्राउ

दर्पण दैनिक २६ मंसिर २०८०,१२:२९
post

काठमाडौं । म्यानमार पुर्‍याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाएको आरोपमा थप एक युवती पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आइतवार ती युवतीलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका वडा नं ४ बस्ने २७ वर्षीया कविता गुरुङ रहेकी छन् ।


प्रहरीका अनुसार आरोपी गुरुङले दुई जनालाई थाइल्याण्डस्थित एक कम्पनीमा अङ्ग्रेजी टाइपिङको रोजगारीको प्रलोभन देखाएकी थिइन् । उनीहरूलाई त्यसरी टाइप गरे वापत मासिक एक हजार अमेरिकी डलर तलब पाउने आश्वासन देखाएकी थिइन् । त्यसपछि काठमाडौंमा रहेको आफ्नै घरमा बोलाएर टाइपिङ टेस्ट पनि लिइन् । त्यसमा उत्तिर्ण भएपछि प्रत्येक पीडितबाट दुई लाख ६० हजार रुपैयाँ लिइन् । त्यसपछि पीडितलाई झुक्याएर म्यानमारको म्यावाड्डीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याइन् ।

उनीहरूलाई त्यस कम्पनीमा लगिसकेपछि बन्धक बनाएर दिनको १८ देखि २० घण्टासम्म विभिन्न व्यक्तिलाई अनलाइनमा ठग्ने काममा लगाइन् । उनीहरूलाई विशेषगरी फेसबुक, हृाटसएप, ट्वीटरजस्ता सामाजिक सञ्जाल मार्फत अमेरिकी, युरोपेली नागरिकलाई के कसरी ट्रयापमा पारी अनलाइनमार्फत बिटक्वाइन लगायत भर्चुअल करेन्सीमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भन्ने बारेमा सात दिनको तालिम दिएको अनुसन्धानबाट खुलेको छ ।


प्रहरीका अनुसार पीडित नेपालीलाई काममा लगाइसकेपछि उनीहरूले भनेको टार्गेट पूरा नगरे पीडितलाई कुटपिट गर्ने, इलेक्ट्रिक सक (करेन्ट) लगाउने जस्ता शारीरिक, मानसिक यातना दिने गरेका थिए । कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरा समेत जडान गरी कम्पनीभन्दा बाहिर आफूखुसी जान नपाउने गरी कम्पनीभित्रै साइबर दास बनाएर राखेको प्रहरीले जनाएको छ ।


पीडितहरूले आफू जसरी पनि नेपाल फर्कन्छु भन्दा उनीहरूबाट आठ लाख रुपैयाँ तिर्न बाध्य पारेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेकी गुरुङमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भने सो घटनामा संलग्न अन्य व्यक्तिको खोजीकार्य भइरहेको छ । यसअघि शुक्रवार म्यानमार लगी बन्धक बनाएर अनलाइन स्क्याम गर्न लगाएको आरोपमा ३६ वर्षीय एक युवक पक्राउ परेका थिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: