लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक ट्राफिक प्रहरीकाे नियन्त्रणमा

दर्पण दैनिक २३ असार २०८०,०७:२३
post

काठमाडौं । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ६ जना चालकलाई नियन्त्रणमा लिएको छ । नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ६ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हाे । नियन्त्रणमा लिइएकामा बा ४ ख ६३ ६४ नम्बरको ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ३ का २० वर्षीय कृष्ण बहादुर तामाङ, लु २ ख १७ ७६ नम्बरको मिनी ट्रक चालक पर्वतको जलजला गाउँपालिका ८ का २५ वर्षीय डमबल सार्की, बागमती प्रदेश०२-०२५ च ९० ५५ नम्बरको पिक अप चालक धादिङको गजुरी गाउँपालिका ५ का २५ वर्षीय संजय राई, बागमती प्रदेश ०३-००१ च १५ ४९ नम्बरको पिक अप चालक चितवनको भरतपुर महानगरपालिका ११ का २८ वर्षीय गोविन्द कुमाल, बागमती प्रदेश ०३ -००१ च ११ ३६ नम्बरको पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ३ का २९ वर्षीय रमेश खत्री र बा २० च ७१ २८ नम्बरको कार चालक काठमाडौंको बालुवाटारका ३० वर्षीय सम्राट प्रसाईँ रहेका छन् । 


नियन्त्रणमा लिएका ‍ ६ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, ट्राफिक प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले आज‍ २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ६ जना ‍लागुपदार्थ सेवन  गरी  सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।  

लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितीमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक  राजेन्द्रप्रसाद भट्टले अनुरोध समेत गरे ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: