
काठमाडौं । काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । बुधबार बिहान टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगो लगाएर तनावग्रस्त भएको थियो । त्यसपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । ओमनको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मी नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए । अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google