
काठमाडौँ । सूचना तथा प्रसारण विभागले आर्थिक वर्ष २०८३/०८४ का लागि सम्पूर्ण सञ्चार प्रतिष्ठानहरू (पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो र अनलाइन) लाई दरबन्दी र श्रमजीवी विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।
विभागको प्रशासन तथा प्रेस शाखाले २०८३ जेठ २० गते जारी गरेको सूचना अनुसार, सञ्चारमाध्यमहरूले विभागको आधिकारिक वेबसाइट (www.doib.gov.np) मा रहेको सूचना व्यवस्थापन प्रणाली (IMS) मार्फत अनलाइन सेवाबाटै विवरण भर्नुपर्नेछ।
विभागका अनुसार आगामी आवको दरबन्दी विवरण एकैपटक बुझाउनुपर्नेछ। विवरणमा उल्लेखित रिक्त पदमा भने पछि श्रमजीवी नियुक्त गरी अद्यावधिक गर्न सकिनेछ ।
५ जनाभन्दा बढी दरबन्दी भएका सञ्चारगृहले प्रमाणित तलबी विवरण (pay roll), तलब भुक्तानीका लागि बैंकलाई लेखिएको प्रमाणित पत्र र सञ्चार माध्यम दर्ता/नवीकरण प्रमाणपत्र अनिवार्य अपलोड गर्नुपर्नेछ ।
कुल दरबन्दीको १५ प्रतिशत मात्र करार सेवामा नियुक्त गर्न पाइनेछ । साथै, सम्पादकसहित कम्तीमा ३ जना श्रमजीवी पत्रकारको दरबन्दी कायम गर्नुपर्नेछ ।
तोकिएको ढाँचाभन्दा फरक र गलत विवरण पठाएमा सम्बन्धित सञ्चार प्रतिष्ठान नै जिम्मेवार हुने र पठाएको विवरणमा संशोधन नहुने विभागले प्रष्ट पारेको छ ।
अनलाइनमार्फत प्राप्त दरबन्दी विवरण र आवश्यक कागजात प्राप्त भएपछि नयाँ प्रेस पास जारी तथा नवीकरण गर्ने कार्य पनि अनलाइनबाटै हुने विभागले जनाएकाे छ । विभागले विवरण भरिसकेपछि प्राप्त हुने 'Confirmation Number' सुरक्षित राख्न समेत सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
सूचना लिंक - https://giwmscdnone.gov.np/media/pdf_upload/Darbandi%20Bibaran2083_aopmvay.pdf















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)













































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)










प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google