कसैको दवाव र प्रभावमा नपरी काम गर्न प्रदेश प्रहरी प्रमुख बास्तोलाको निर्देशन

दर्पण दैनिक २४ बैशाख २०८०,१४:५४
post

पाँचथर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीलाई कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष तवरबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । निर्देशनको क्रममा वहाँले रिस, राग, द्वेष, ईर्ष्याको भावनाले कसैलाई पनि सफल बन्न दिंदैन त्यसैले सम्पुर्ण प्रहरी कर्मचारीहरुले त्यस्तो भावना त्यागी एक आपसमा भाईचारा तथा  सहयोगी भावनाका साथ अगाडि बढ्ने तथा प्रहरी कार्यालयलाई सदैव आफ्नो घर सम्झी सफा, सुन्दर र उत्कृष्ट बनाई  इमान्दारी पुर्वक संगठनको श्रीबृद्धिमा लागि पर्नु पर्ने बताएका हुन् ।

शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ उनिहरुको पिरमर्का र समस्यालाई सहजीकरण गर्न हरदम प्रहरी तत्पर रहनु पर्ने, आम नागरिक संग सभ्य र शिष्ट भाषा प्रयोग गर्नुका साथै सेवाग्राहीहरुसँग समान व्यवहार गर्नु प्रहरीको दायित्व रहेको उनले बताए ।
अपराध नियन्त्रण, फरार प्रतिबादी पक्राउ, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा कडाईका साथ प्रहरी परिचालन गर्न निर्देशन दिए । 

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्‍याउनुका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न समेत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

साथै उनले पाँचथर जिल्लाका स्थानिय जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित विभिन्न संघ सस्थाका प्रतिनिधी, व्यापार संघ, नागरिक समाज, पुर्व प्रहरी, पत्रकार लगायतका ब्यक्तित्वहरु संग छलफल तथा अन्तरक्रिया समेत गरेका थिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: