स्मार्ट पार्किङमा अनियमितता देखिएको भन्दै न्युरोडको समान सहकारी शिल

दर्पण दैनिक २७ माघ २०८०,११:५०
post

काठमाडौं । काठमाडौंको न्युरोडस्थित समान बचत तथा ऋण सहकारी संस्थामा महानगरपालिकाले शिल गरेको छ । स्मार्ट पार्किङमा अनियमितता देखिएको भन्दै महानगरपालिकाले उक्त सहकारीको कार्यालय शनिबार बिहान शिल गरिदिएको हो ।

स्मार्ट पार्किङमा भ्रष्टाचार भएको सूचना प्राप्त भएपछि काठमाडौँ महानगरपालिकाका सहकारी विभाग र मेयरको स्वकीय सचिवालयले सहकारी विज्ञ, नेपाल प्रहरीसहित उक्त पार्किङ व्यवस्थापन कम्पनीको कारोबार रहेको समान बचत तथा ऋण सहकारी संस्थामा छड्के अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा कुनै पनि विवरण नियमसंगत नदेखिएको बताइएको छ । अनियमितताको प्रशस्त आधारहरू देखिएको र अनुसन्धानका लागि चाहिने विवरण उपलब्ध नगराएकाले सम्पूर्ण विवरण पेस नगर्दासम्मका लागि सहकारीको कार्यालय शिल गरिएको छ अनुगमन टोलीले जनाएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७