काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार प्रधानमन्त्रीले जनता समाजवादीबाट दुई मन्त्री थपेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको कार्यभार तोकेका हुन् । महतो सिरहा ४ बाट निर्वाचित भएका हुन् भने प्रमिला राष्ट्रिय सभा सदस्य हुन् । योसँगै प्रचण्ड मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।