काठमाडौं । कर्णाली प्रदेशमा कार्यरत प्रहरीले ड्युटीको समयमा मोवाइल चलाउन नपाउने भएका छन् । प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ । यो नियम टीम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ ।
‘ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे कमाण्डरको फोन प्रयोग गर्न दिन निर्देशन दिएका छौं,’ कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालले भने, ‘सुरक्षाजस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत गरुन भनेर मोवाइल प्रतिवन्ध लगाएका हौं ।’
डिआइजी ढकालले मोवाइल प्रयोग नगर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारीको मोवाइल बचत हुने भएकाले यस्तो निर्णय गरिएको बताए ।
उनले यस्तो कार्यले नागरिकको विश्वास प्रहरीप्रति बढ्ने पनि बताए । उनले ड्युटीको समयमा मोवाइल नचलाउन सबै जिल्लाहरु, गण, तालिम केन्द्र, इलाका प्रहरी चौकीमा परिपत्र गरिनुका साथै प्रभावकारी ब्रिफिङ गर्नुका साथै अनुगमनको व्यवस्था मिलाइएको बताए ।
















































































































































































































































































































































































































































































































































































.jpg)













































































































































.jpg)










































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google