काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विप्लव नेतृत्वको टोली जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रभावित क्षेत्रका जनताको सेवामा खटिएको छ ।
महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मसहितको टोलीले जाजरकोट नलगाडका भूकम्प प्रभावित कले विकको निर्माण गरी हस्तान्तरण गरेको हो । विश्वकर्माले नेकपाको जाजरकोट–रुकुम भूकम्प पुनर्निर्माण अभियान जारी रहने छ ।
भूकम्पले पीडित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्पपीडितको राहत तथा उद्धारका लागि नेकपाका झन्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण, उद्धार, स्वास्थ्य उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन लागिरहेका छन् ।
यस्तै विप्लवका छोरा प्रकाशसहित स्वास्थ्यकर्मीको टीम समेत प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारमा संलग्न छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google