खानिखोला ७ मा खुल्यो सडकको ट्रयाक, गाउँपालिका अध्यक्ष छिन्ताङले गरे उदघाटन

दर्पण दैनिक १२ असार २०८१,२०:३८
post

काभ्रे । काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिका ७ मा सडक ट्रयाक खुलेसँगै सडक उदघाटन गरिएको छ । खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले सुकुमफेदी , पाक्दोल, देउपाल, महांकाल, तालढुङ्गा सडकको ट्रयाक उदघाटन गरेका हुन् । 

२०७० सालदेखिको निरन्तर प्रयत्न पछि च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल, देउपाल सडकको ट्रयाक खोलिएको हो । अब खानिखोलाका स्थानीयलाई धुलिखेल सदरमुकाम पुग्नका निम्ति करिब १ घण्टा अन्य बाटो भन्दा छिटो हुने भएको छ ।

सडक उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताए । जनताले निर्वाचन मार्फत  विश्वास गरेका छन् । सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको उनले बताए ।

उनले भने, ‘जनताले विश्वास गरि जिताएर पठाए पश्चात्  विकास र सुशासन  ऐतिहासिक अवसरलाई उपयोग गरेर समृद्धितर्फ जाने  सरकारको मुख्य संकल्प रहेको छ ।’

साथै उनले विगत लामो समयको प्रयत्नले  करिब १० बर्षमा बाटो  ट्रयाक ओपन भएकोमा स्थानीयवासीलाई धन्यवाद दिए 

उनले भने, ‘तपाईहरुले एउटा लहर सिर्जना गर्नुभएको छ । यस सडकको निम्ति जिल्ला विकास समिति भएदेखि निरन्तर प्रयत्न  संघीय सरकार, प्रदेश सरकार, गाउँपालिका सरकारले विगत ३ बर्षदेखि निरन्तर प्रयास गरेपछि ट्रयाक ओल्न सफल भइएको छ ।’

ट्रयाक खोल्नका लागि प्रदेश सरकारमार्फत आर्थिक बर्ष  ०७९/०८० मा रु २५ लाख  विनियोजन भएको थियो । ट्रयाक खोल्न चालू आर्थिक बर्षमा रु ४८ लाख बजेट बिनियोजन गरि ट्रयाक खोल्न सफल भएको अध्यक्ष थिङ्ले बताए । 

सडकलाई अझ व्यवस्थित बनाउन खानिखोला सरकारको निरन्तर माग  संघीय सरकारमार्फत आर्थिक बर्ष ०८१/८२ को लागि संघीय सरकारले सुकुमफेदी , पाक्दोल, देउपाल, महांकाल, तालढुङ्गा सडकको लागि  रु १ करोड रुपैयाँ पार्न सफल भएकोमा अध्यक्षले खुसी व्यक्त गरे । 

कार्यक्रमका विशिष्ट अतिथी पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा , प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, प्राविधिक शाखा प्रमुख इन्जिनियर जीवन अर्याल, पूर्वाधार विकास संयोजक वडा ५ का अध्यक्ष बुद्धि बहादुर स्याङतान, बिपत व्यवस्थापन संयोजक तथा वडा ७ का अध्यक्ष रामबहादुर मोक्तान, १ का वडाध्यक्ष सन्चमान थिङ, युवा नेता व्यवसायी  सुवर्ण थिङ, समाजसेवी युवा नेता राजन अधिकारी, वडा सदस्य रोहन रुम्बा लामा, युवा नेता वीरबहादुर घिसिङ, उपभोक्ता समिती अध्यक्ष नेमार मोक्तान, समितिका पदाधिकारीहरु लगायत स्थानीयहरु बुद्धिजीवी, युवाहरुको उपस्थितिमा ट्रयाक खुलेसँगै सडक अनुगमन गरी उद्घाटन गरिएको थियो ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: