आगलागी पीडित आसमानको लागि राहत लिएर आँफै पुगे तेमालका अध्यक्ष चन्द्र लामा

दर्पण दैनिक १८ पुष २०८०,१७:३९
post

काभ्रे । तेमाल गाउँपालिका वडा नं २ फुलडाँडाका आसमान तामाङलाई  राहत सामाग्री वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा र वडा ३ का वडाध्यक्ष विष्णुबहादुर तामाङले आगलागी पीडित तामाङलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

आगलागीबाट भएको क्षतीको अध्यक्ष चन्द्र बहादुर लामा अनुगमन तथा निरीक्षण गररेपछि सो राहत हस्तान्तरण गरिएको हो । अनुगमनका क्रममा आगलागी पीडित तामाङलाई तत्कालै राहत व्यवस्थापन गर्ने अध्यक्ष लामाले प्रतिबद्धता जनाएका थिए । 

तामाङलाई ५० किलो चामल, १५ किलो दाल, ३ वटा डस्ना, २ वटा सिरक, ३ वटा ब्ल्यांकेट, ४ वटा सिरानी, ५ किलो चिनी, एक कार्टुन खाने तेल र ४ किलो मसला वितरण गरीएको छ ।

सोमबार साँझ करिव ६ बजेको समयमा अचानक विद्युत लाईन सर्ट भई तामाङको घर आगलागीबाट पूर्णरूपमा क्षती भएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घरमा रहेको अन्नपात, लत्ताकपडा एवम् घर पूर्णरूपमा नष्ट भएको थियो । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: