उद्धव थापालाई कोशी प्रदेशकाे मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

दर्पण दैनिक १८ असार २०८०,१८:२३
post

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन समझदारी बनेको हो । 

‘सत्ता साझेदार दलको बैठक बस्यो । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका प्रदेश पार्टीलाई पत्र लेख्ने निर्णय भयो’ बैठकमा सहभागी एक नेताले भने, ‘आ–आफ्नो पार्टीको संसदीय दलको बैठकले निर्णय गरेर कांग्रेस नेता थापालाई मुख्यमन्त्री प्रस्ताव गर्ने छन् ।’ 

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको सरकारले  विश्वासको मत नपाएपछि कांग्रेसबाट थापा, माओवादीबाट इन्द्र आङबोले मुख्यमन्त्रीमा दाबी गरेका थिए । अन्तिमता पहिलो कार्यकालको रूपमा कांग्रेसका थापाले मुख्यमन्त्री बन्ने अवसर पाएका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: