अस्पताल खोल्ने भनेर बनाइएको भवनमा चर्च चलाएपछि....

दर्पण दैनिक १६ श्रावण २०८१,०७:४२
post

धनगढी । अस्पताल खोल्ने भनेर बनाएको भवनमा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले भत्काएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनको दर्ता खारेज गरी अवैध रुपमा बनाइएका संरचनामा आज डोजर लगाएर भत्काइएको हो ।

लेट मे इन धनगढी प्रालि नामको संस्थाले गत वर्ष साउन २२ गते सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने उद्देश्य राखेर जमिन भाडामा लिएर व्यवसाय दर्ता गराएको थियो । त्यस्तै, नेपाल लाइफ वर्ल्ड मिसनले गत वैशाख १६ गते सेमिनार, तालिम आदि कार्य गर्ने उद्देश्यसहित व्यवसाय दर्ता गराएको थियो ।


अस्पताल बनाउने भन्दै झुक्क्याएर बनाइएको स‌ंरचनामा संगीत र प्रार्थना हुन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए । स्थानीयको आग्रहपछि उपमहानगरपालिकाले लेट मे इन धनगढी प्रालिलाई २४ घण्टाभित्र लिखित जवाफ दिन पत्र पठाए पनि सो अवधिभित्र उसले जवाफ नफर्काएपछि डोजर चलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: