ललितपुर । गोदावरी नगरपालिकाको टौखेल झरुवारास चापागाउँ हुँदै लगनखेलमा सार्वजनिक यातायात सञ्चालन हुन थालेको छ । विगतदेखी नै सार्वजनिक यातायातको अति समस्या रहेको टौखेल झरुवारासी क्षेत्रमा नगरपालिकाकै सक्रियतामा बुधबारदेखि माईक्रो बस सञ्चालन हुन थालेको हो ।
तत्कालको लागि आवश्यकता अनुसार यात्रु नपाउने र यसले गर्दा सेवालाई निरन्तरता दिन गाह्रो हुने भएकाले नगरपालिकाले नै केही समयको लागि इन्धन सहयोग गर्ने भएको छ । नगर उपमेयर मुना अधिकारीले टौखेल झरुवारासी नगरपालिका चापागाउँ हुँदै लगनखेल चल्ने माईक्रोबस सेवा बुधबारदेखि सुरु भएको जनकारी गराएकी छिन् ।
नगरपालिकाले तत्कालको लागि इन्धन उपलब्ध गराए पनि यात्रुले भाडा भने तिर्नुपर्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google